अनिता सारजाह जाँदै

नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रवार युएईको सारजाह प्रस्थान गर्दै छिन् ।
सेमिनार ११ देखि १३ जुनसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौँ राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् । अनिताले १३ औँ दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गरेकी थिइन् ।
प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एक मात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्क लाल घिसिङले अनितालाई सफलताका लागि शुभकामना दिँदै बिहीबार एक कार्यक्रमबिच बिदाइ  गरे ।
Comment