जुडो टोलीमाथि उत्कृष्ट प्रदर्शनको बिश्वास

judoe
बद्री अधीकारी
नेपाली जुडो अहिले महत्वपूर्ण मोडमा छ । म राष्ट्रिय खेलकुद परिषद्को सदस्य भए पछि यीनीहरुलाई नजीकबाट हेर्ने अबसर पाए । यीनीहरुको मिहेनत र उत्साहले म प्रभावित छु । नेपाली जुडो खेलाडीमा एउटा समपर्ण छ । केही गर्ने चाहना छ । बिशेषगरी पामका दुइ खेलाडीले सफलता पाए म अत्यन्त खुसी हुने छु ।
एउटा अत्यास लाग्दो विगतका बाबजुद मिहेनत पामका दुइ खेलाडी मेरा लागि चासो हुन् नै । साथमा दिवंगत पर्वतारोही दोर्जे खत्रीको सपना यो सागसंग जोडीएको छ । गत बर्ष देखिको पितृ वियोगको शोकलाई शक्तिमा बदल्न फूपू लहामु खत्री सफल हुने छिन् भन्ने मलाई पूर्ण बिश्वास छ ।
नेपाली जुडोले पछिल्ला समय केही राम्रा खेलाडी पायो । लीला अधीकारी, सुनीता थापा र फूपू लमुले एसियाली स्तरको प्रतियोगितामा पदक जित्दै आफूलाइृ अब्बल सावित गरिसकेका छन् । सुनीता यो टोलीमा छैनन्, फूपूसंगै लीलाले पनि सफलता पाउने छिन् भन्ने मेरो बिश्वास हो । त्यसो त एसियाडमा प्रतिस्पर्धात्मक खेलमा पराजित रमेस मगरलाई मेरो पनि शुभकामना छनै । अन्य खेलाडीको सफलताले पनि मलाई उत्तिकै खुसी दिनेछ ।
खेलकुद परिषद्ले दिएको संयोजकको भुमिका मैले पूर्ण जिम्मेवारीका साथ पुरा गरे । मलाई सबैले सहयोग गर्नु भयो । जुडो खेलाडीमा एकखाले उत्साह र केही गर्ने जागर पाएँ । जुडो टोलीले भारतमा राम्रो प्रशिक्षण गरेको छ । फूपूले झनै महत्वपूर्ण प्रशिक्षण गरेकी छिन् । तसर्थ यो जुडो टोलीको मिहेनतले म उत्साहित छु । टोलीका सबै खेलाडी प्रति मेरो उत्तीकै शुभकामना छ । मलाई बिश्वास छ, जुडो खेलाडीको यो मिहेनत र परिश्रमले १२ औ सागमा सार्थकता पाउने छ ।
(लेखक राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा सागका लागि जुडो संयोजक हुन् । उनीसंगको अनलाइन वार्तामा आधारित)

Comment