रोल्पा देखि सागसम्मको स्वर्णीम यात्रा

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

रोल्पा विकट गाउँकी निमा घर्ती मगर टिकाथलीमा रहदा नान्जो उसु क्लबमा निराजन आले मगरसंग उसु सिक्न थालेकी थिइन् । लामो समय नपर्खीकनै उनले राष्ट्रिय टोलीमा प्रबेश पाएकी हुन् । एकाध बर्ष पछि ने उनले महत्वपूर्ण सफलता पाइन् । सफलता पछि उनले भनीन्, “ टोलीका सहकर्मी, प्रशिक्षक र घर परिवार सबैको उत्साहका कारण यो सफलता पाए । मेरो यो सफलता घर परिवारमा समपणृ गर्न चाहन्छु ।
उनको खेल जिवनमा धेरै जनाको भुमिका रह्यो । बिशेषगरी निराजन आलेले उनलाई यो खेलमा साथ दिए । त्यस पछि राष्ट्रिय टोलीका प्रशिक्षक, आर्मी क्लब, आर्मीका प्रशिक्षक राजीव मर्हजन साथै हाल टोली हरिरहेका प्रशिक्षक प्रकास मर्हजनको पनि । त्यसोत बाबु मन्सुर घर्ती मगर पुना घर्ती मगरको सदभाव त उनको जिवनको प्रमुख पाटो नै भइ हाल्यो । उनको सफलताले विकट जिल्ला रोल्पामा नया स्टारको उदय भएको छ । सोमबार भएको उसुको नानताउमा उनले १६.९१ स्कोर गरिन् । उनकी भारतीय प्रतिद्धन्दीले १६.३३ स्कोर गरेकी थिइन् । यस पटकको सागमा नेपालका लागि पहिलो स्वर्ण पदक दिलाउने सफलता पछि खसीले विभोर हुदै उनले भनीन्, “ सबैको सहयोगले सफलता पाए, सबैप्रति आभारी छु । ”

Comment