सुन्दर भबीश्यको गोरेटो कोर्दै

photosse
राजीव मर्हजन
विजय अत्यन्त मिहेनती खेलाडी हो । उ बाट म प्रभावित पनि थिए । उसको उमेर र उसको खेल क्षमताले मैले उसको हरेक पाइलामा सहयोग गर्दै आएको छु । विजयको खेल जिवनमा युवराज गुरुंगको योगदान त छनै । तर, उ नेपाल आर्मीमा आबद्ध भएको दुइ बर्ष भयो । मैले उसलाई ध्यान दिएर हेरेको छु । उ भर्खर १५ पुरा भएर १६ बर्षमा प्रबेश गर्ने क्रममा छ। बुद्ध प्रकास माबीमा कक्षा १० मा अध्ययन गर्दै छ ।
आर्मी क्लबमा आबद्ध भए पछि नेपालको पहिलो शक्ति भएर गर्वको अनुभुती गर्ने अबसर उनीहरु जस्तै खेलाडीहरुले दिएका हुन् । लगातारको मिहेनत, अनुशाषन र सिक्न चाहने लत विजय लगायत पछिल्लो पुस्ताको विशेषता बन्यो । त्यसकारण हामीलाई पनि मिहेनत गर्न उत्प्रेरणा मिलेको छ । तसर्थ भर्खरै काठमाडौमा भएको साग छनोट देखि नेपालको पहिले शक्तिको प्रशिक्षक हुनुको गर्व मलाई छ । यो गर्व गर्ने वातावरण उनीहरुको मिहेनतका कारण पनि भएको हो ।
म काठमाडौमा भए पनि उस प्रति मेरो बिशेष चासो रहदै आएको छ । मलाई उसले जितेको पदक मात्र होइन उसले गर्ने स्कोरसंग पनि चासो रह्यो । किनकी उसको सफलताका दिन भर्खर सुरु हुदै छ । उसले सबै वातावरण पायो भने नेपाली उसुमा केही नयाँ सफलता पाउन सक्छ । बिश्व च्याम्पियनसीपमा उसको सहभागिताले म उत्साहित थिए । यसकारण उसको यात्रामा मेरो मानसिक रुप र मेरो बुताले भ्याएसम्म सबै खाले सबै सहयोगर्न तयार भए । म नेपाल उसु संघको नतेृत्व तहमा भएका कारण सबै खेलाडीको सफलताको कामना गरेर बसेको छु । तथापी विजय मेरो शिष्य हो । मैले सुन्दर भबीश्यको सपना देखेको छु । त्यसो त अन्य खेलाडीको भबीश्य पनि मैले सुखद देखेको छु । सुस्मीतालाई पनि मेरो विशेष बधाइ छदैछ । अग्रता कायम गरिरहेकी निमा र उपाधी होडमा रहेका युवराज प्रतिपनि शुभकामना । काठमाडौमै रहेर उसु खेलाडीको सफलताको कामना गर्छु । तर, मेरो खेलकुदका सरोकार सबैसंग मेरो अनुरोध छ, हाम्रा टोलीका खेलाडी कम उमेरका छन् । हामी पुस्ता अन्तरको क्रममा छौ । सबिता राइको पदक मात्र होइन, उनको स्कोर पनि हाम्रो चासो हो । त्यसतै अरु खेलाडी पनि छन् । हामी सुन्दर भबीश्यको खाका कोर्ने मोडमा आएका छौ ।
हामीले एउटा राम्रो पुस्ता पाएका छौ । संघको तर्फबाट हाम्रो जिम्मेवारी होला । सबै सरोकावालो चासो दिए यो साग कुनै खेलाडीको सफलताको अन्तिम बिन्दु होइन, सफल जिन्दगीको सुरुवात हो । हाम्रो अगाडी सुन्दर भबीश्य छ। सम्भावना छ । यो टोलीले गर्ने मिहेनतमा कुनै कमि हुने छैन भन्ने मेरो बिश्वास छ । सबैले लामो समयका लागि निश्चित योजना सहित अघि बढे पछिल्लो पुस्ताको मिहेनत गर्ने र सिक्ने चाहनाले हामीलाई एउटा उचाइ दिने छ । विजय सिञ्जाली सुन्दरपुस्ताको प्रतिनिधी पात्र हो ।

( लेखक पूर्व राष्ट्रिय च्याम्पियन तथा दक्षिण एसियाली पदकधारी खेलाडी साथै नेपाल आर्मी क्लबका उसु प्रशिक्षक हुन् । उनीसंगको अनलाइन वार्तामा आधारित सामग्री)

Comment