विजयलाई रजत

bijaya1पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते ।
सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक जोडे । स्वर्ण विजेता श्रीलंकाली खेलाडीले ८.८६ अंक बनाए । तेश्रो स्थानमा चित्त बुझाएका भारतका अन्जुल लाम्डियोले ८.६६ अंक बटुले ।

Comment