विकासलाई रजत पदक
![तस्बिरः पिजे क्लब](https://i0.wp.com/www.khelkudnews.com/wp-content/uploads/2016/02/gg1.jpg?resize=274%2C183)
नेपालका विकास थापाले भारोत्तलनको पुरुष ६२ किलो तौल समुहमा रजत पदक जितेका छन् । उनले स्न्याचमा ११२ किलो तथा क्लीन एन्डजर्कमा १३० किलो भार बहन गरे । सो स्पर्धामा स्न्याचको स्पधौ सकिदा विकास तेस्रो स्थानमा थिए । चौथो स्थानमा रहेका भारतका गोपाल अनर्बसु र पाकिस्तानका सहजाद मोहम्मदले क्लीन एन्डजर्कमा राखेको १४० किला उठाउन नसके पछि विकासले रजत पदक पाएका हुन् । श्रीलंकाका एन्टोन सुदेस पेरिसले स्वर्ण पदक जिते ।