विवेकको अग्रता

bibekeरुसमा भईरहेको मस्को अोपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका क्यान्डिडेट मास्टर विवेक थिङले  उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। छैटौं चरणसम्म अपराजित रहि उनले साढे ५ अंक सहित एकल अग्रता कायम गरेका छन्।
रसियन खेलाडीहरुको बाहुल्यता रहेको प्रतियोगितामा उनले पाँचौ चरणको खेलमा रसियन खेलाडी २१७६ रेटेड रुस्लान पोहोमोभलाई पराजित गरे भने छैटौं चरणको खेलमा २२१४ रटेड अलेक्जेन्डर लोजेको माथि जित हात पारेका थिए।
५अंक सहित रसिया खेलाडीहरु डानिल सोतोमिन, ईभान क्लिमोभ, रुस्लान पोहोमोभ र वेल्भा अोल्गाले विवेकलाई पछ्याई रहेका छन्।
नेपालका फिडे मास्टर रुपेश जैशवालको प्रद्रशन राम्रो रहेन । उनले छैटौं चरणसम्ममा ३ अंक जोडेका छन्।उनले पाँचौ चरणमा रुसका  ईलोनोरा फिलिपास्कीलाई हराएका थिए भने छैटौं चरणको खेलमा २२०४ रेटेड खेलाडी अारतेभ मल्याजिनसँग हार्न पुगे।
रसियाको प्रतिष्ठित प्रतियोगितामा  अर्का खेलाडी शौरभ प्रधानले २ अंक प्राप्त गरेका छन्।
विवेक, रुपेश र शौरभ नेपाल बुध्दिचाल संघको सहयोगमा रसियाको मस्को विश्व विध्यालयमा ६ बर्ष छात्रवृत्तिमा अध्यन गरिरहेका छन्।

Comment