फुटबलमा विजयी सुरुवात

पहिलो दिन भएको महिला फुटबलमा नेपालले बंगलादेशलाई ३–० ले पराजित ग¥यो । दोस्रो मिनेटमै दिपा अधीकारीको गोलमा अग्रता लिएको नेपालका लागि कप्तान अनु लामाले १७ औ मिनेटमा गोल गरिन् । निरु थापाले तेस्रो गोल गरिन् । राउन्डरोबीन लिगको आधारमा भएको खेलमा नेपालले मंगलबार माल्दीभ्ससंग खेल्ने छ । शुक्रबार नै भएको भारत र माल्दीभ्स विचको खेलमा गोल रहित बराबरी भएको छ ।

Comment