छैटौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु

kaski chess1
कास्की जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा शनिबारदेखि पोखरामा छैटौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगिता–२०७१ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने र कास्की जिल्ला बुद्धिचाल सङ्घका सल्लाहकार प्रा.डा. पशुपतिनाथ तिमल्सेनाले संयुक्तरूपमा चेसको गोटी चालेर गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि डा. लामिछानेले अन्य खेल मनोरञ्जनको लागि भए पनि बुद्धिचाल गणितीय दिमागको अभ्यास भएको बताए। महाभारतमा पनि बुद्धिचाल खेललाई चतुर्रड्डको रूपमा प्रयोग गर्ने गरिएको जानकारी दिँदै उनले प्राचीन युद्धरड्डको रूपमा प्रयोग गरिने खेलललाई इन्टेलीजेन्स गेमको रूपमा लिइने गरिएको बताए।
मुख्य प्रायोजक एवं बेलायतका तत्कालीन राष्ट्रिय खेलाडी डग्लास म्याक्लागनले प्रतियोगिता प्रतिस्पर्धात्मक भए पनि दिमागी अभ्यासको रूपमा सौखिन र व्यवसायिक सबैले खेल्न सक्ने बताए। उनले अनुशासन नै सफलताको पहिलो चावी भएको पनि बताए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकाटोले लेकसाइडको गौरीघाटमा विगतमा चेसपार्क भएको जानकारी पाए पनि हाल त्यसको सदुपयोग नभएको हुँदा सङ्घले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
कास्की जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बाबुराम पन्तले स्वीस लिग सिस्टमअनुसार सात चरणको खेल हुने र समापनमा विश्व बुद्धिचाल महासङ्घका उपाध्यक्ष एवं अमेरिकन चेस एशोसिएसनका अध्यक्ष फिडे विट्रिज मोरिनेलोको उपस्थिति हुने जानकारी दिए।
सोही अवसरमा यु–१२ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा द्वितीय हुन सफल कुमुदिनी होम्सका अटलबहादुर कोइराला र यु–१६ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बन्न सफल मर्निङग्लोरी बोर्डिङ स्कुल भरतपोखरीकी पूजा भण्डारीलाई सम्मान गरिएको थियो।
कोइरालालाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा र भण्डारीलाई प्रमुख अतिथि प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले सम्मान गरेका थिए। यस्तै प्रतियोगितामा मुख्य प्रायोजन गर्ने बेलायतका तत्कालीन राष्ट्रिय खेलाडी डग्लास म्याक्लागनलाई पनि प्रमुख अतिथिले सम्मान गरेका थिए।
यसैबीच शनिबार प्रथम, दोस्रो र तेस्रो चरणका खेल सम्पन्न भए। तेस्रो चरणको खेल समाप्तिसम्म अनिलबहादुर कोइराला, भरत लामिछाने, विनोद नाल्मी, घनश्याम बोगटी, जोन वाल्टर, महेश्वर अधिकारी, बुद्धिसागर शर्मा र अम्बर गुरुङ समान तीन अड्ढसहित शीर्ष स्थानमा रहेका छन्।
यस्तै आशिष गौतम, युवराज भण्डारी, निशान पौडेल, सुवास क्षत्री, डग्लास मेक्लागन, किरणकुमार रञ्जित र आशिष घिसिङ समान दुई अड्ढसहित दोस्रो स्थानमा रहेका छन्। आइतबार चौथो र पाँचौं चरणका खेल हुने सङ्घका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए। सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा ६४ जनाको सहभागिता रहेको छ।
प्रतियोगितामा खुल्लातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौंलाई क्रमशः १० हजार, छ हजार, चार हजार, दुई हजार र एक हजार तथा छैटौंदेखि दशौंसम्मलाई जनही पाँच सय प्रदान गरिनेछ। यस्तै यु–१६ महिला तथा सबै उमेर समूहका खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
कास्की जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महादेव पहारीले गरेका थिए।कार्यक्रममा पुराना बुद्धिचाल खेलाडी स्व. तुलाकाजी लिगल (सानुकाजी लिगल) को सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

Comment