आर्मी उसु खेलाडीको विदाइ

wushu newse
नेपाली उसुको पहिलो शक्ति नेपाल आर्मी क्लबले आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागि हुने आफ्ना क्लबका खेलाडीलाई सम्मान गरेको छ । १२ औ सागमा आर्मीका ७ खेलाडी टोलीमा रहेका छन् । थाउलु खेलाडी सबिता राइले ताइजीक्वान र ताइजीज्यानमा प्रतिस्पर्धा गर्ने छिन् । बिश्व बुढा मगरले दाओसु र गान्सुमा प्रतिस्पर्धा गर्ने छन् । निमा घर्ती मगरले नानक्वान र नान्दाओमा प्रतिस्पर्धा गर्ने छिन् । विजय सिन्जालीले छानक्वानमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी, हरि प्रसाद गोलेले ताइजिक्वान र ताइजिजानमा प्रतिस्पर्धा गर्ने छन् ।
सान्सौमा चित्र सिंह ठकुरी र बिन्दु पुन मगरले प्रतिस्पर्धा गर्र्ने छन् । आर्मी क्लबका उसु प्रशिक्षक राजीव मर्हजन र क्याप्टेन निमेस पन्थीले विदाइ गरेको छ ।

Comment