नेपाल टिम च्याम्पियन

नेपाल इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपालले १८ स्वर्ण, ८ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको टिम व्यवस्थापक विजय खड्काले जनाएका छन् ।महाराष्ट्रको नान्देमा भएको प्रतियोगितामा टिम च्याम्पियनको उपाधिसंगै नेपालले ११ हजार भारतीय रुपैयाँ नगद पुरस्कार स्वरुप पायो ।
पुरुषमा विकास राजबहाक, सन्तोष श्रेष्ठ, अनिश लामिछाने र मिगिन आलेले नेपाललाई दोहोरो स्वर्ण दिलाए । त्यस्तै ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी र विजय महर्जनले १–१ स्वर्ण जिते । महिलामा वर्षा बुढा मगर, शान्ता श्रेष्ठ र विनिता चापागाईंले समान २–२ स्वर्ण हात पारे ।karate1 उक्त प्रतियोगितामा रामबहादुर लामा, निरज महर्जन र बाडेकुमार राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अफिसियलमा कमल बस्नेत छन् भने मणिकृष्ण न्यौपानेले टिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

Comment