रिजेन्द्रलाई उपाधि

rijendra

रिजेन्द्र राजभण्डारीले काठमाडौ जिल्ला स्तरिय चेसको उपाधि हात पारेका छन्।सातौ चरणको खेलमा उनले छैटौं चरणसम्म अपराजित रहेका भेट्रान खेलाडी सीताराम अग्रवाललाई पराजित गरि सो उपाधि हासिल गरेका हुन। उनले ६.५ अंक जोडेका थिए। साथै ट्रफिसहित दस हजार नगद हात पारे।सीताराम अग्रवाल दोस्रो स्थानमा रहे। ६ अंक जोडेका उनले ५ हजार नगद पाए भने  हिमाल लामा तेस्रो स्थान हात पारी ३ नगद प्राप्त गरे।त्यसैगरी पुर्ब नेपाल च्याम्पियन पुण्यमान कर्माचार्य चौथो र पाँचौ राजेन्द्रप्रसाद श्रेष्ठ रहे भने छैटौं देखि दशौसम्म क्रमशः दिर्घराज जोशी , रितेशमान शाक्य, विशाल कुमार श्रेष्ठ , अदान अदिल , गम्भिरमान शाक्य रहेका छन्। प्रतियोगितामा काठमाडौ जिल्लाका ६० जना खेलाडीहरुको सहभागिता रहेका छन्।

Comment