फुटबल खेलाडीको सम्मान

बाफलस्थित युनाइटेड फुट्सलले शनिबार बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जित्ने नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनलगायत अन्य तीन खेलाडीलाई सम्मान गरेको छ । विराजको नेतृत्वमा नेपालले यस महिना बङ्गलादेशमा च्याम्पियन बनेको थियो । युनाइटेड फुट्सलले बङ्गबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता तथा ‘मस्ट भ्यालुयबल प्लेयर’ घोषित हुने स्ट्राइकर नवयुग श्रेष्ठ, डिफेन्डर रविन श्रेष्ठ र गोलरक्षक विकेश कुथुलाई पनि सम्मान गरेको थियो ।
कप्तान विराजले आफ्ना दाजु विक्रम महर्जनसँग मिलेर प्रत्येक शनिबार युनाइटेड फुट्सलमा छात्रछात्रालाई फुटबलको प्रशिक्षण दिन्छन् । विक्रम पनि उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका फुटबलर हन् । सो अवसरमा कप्तान महर्जनले दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्ने लक्ष्य भएको बताए ।
युनाइटेड फुट्सलका सिइओ प्रकास महर्जनले कम्युनिटी विकासका लागि फुट्सल खोलेको र देशको इजजत राख्ने राष्ट्रिय खेलाडीलाई हौसला प्रदान गर्न यो सम्मान कार्यक्रमको आयोजना गरेको बताए ।

Comment