बुद्धीचाल प्रतियोगिता जारी

chess1युथ कर्नर क्लबको अायोजनामा काठमाडौको लगन टोलमा संचालन भईरहेको काठमाडौ जिल्लाब्यापी खुल्ला बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँचौ चरणको खेल सम्पन्न हुँदा पाँचौ चरणको खेलमा फिडे मास्टर मनिष हमाल माथी सफलता हात पारि भेट्रान  खेलाडी सीताराम अग्रवाल ५ अंक प्राप्त गरि  एकल हासिल गर्न सफल भएका छन्।।राजेन्द्रप्रसाद श्रेष्ठ , रिजेन्द्र राज भण्डारी साढे ४ अंक सहित संयुक्त रुपमा दोस्रो   स्थानमा रहेका छन्।राजेन्द्रले चौथो चरणको खेलमा राजकुमार शाहलाई पराजित गरेका थिए भने रिजेन्द्रले पूर्ब नेपाल च्याम्पियन पुण्यमान कर्माचार्यलाई हराउन सफल भए।नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा पुन्यमान कर्माचार्य ,हिमाल लामा,रितेशमान शाक्य,रमेशबीर डंगोल,उत्तम ढुंगेल र गोबिन्द पौडेलले ४ अंक लिई संयुक्त रुपमा तेस्रो स्थानमा छन्।साढे ३ अंक प्राप्त गर्नेहरुमा अदान अदिल र रबिन लामा रहेका छन्।

Comment