साहाष र फुन्जुलाई उपाधि

ski3

साहाषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि बिहिवार जितेका छन् । रसुवाको लाङटाङ स्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् । नेपाल स्की संघको आयोजना तथा मनोकामना केवल कारको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको अल्पाईन स्कीको पुरुषतर्फ नाम्चेका छिरिङ शेर्पा दोश्रो तथा फपिङका रवि बलामी तेश्रो भएका थिए । त्यस्तै महिलातर्फ फपिङकी अनिषा कर्मचार्य दोश्रो तथा ककनकी संगिता लामा तेश्रो भईन् ।समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पर्यटन मन्त्री आनन्द पोखरेल,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट,नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठलगायतले खेलाडिलाई शुक्रवार पुरस्कृत गरेका थिए । समापन सहारोहमा मन्त्री पोखरेलले खेलकुद र पर्यटन एक अर्काका परिपुरक भएकाले सगसगै अगाडि बढाउन सकिने धारण ब्यक्त गरेका थिए ।

Comment