मनाङ्ग फाइनलमा

१४ औ रारा आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त नेपाल आर्मी क्लब र मनाङ मस्र्याङ्गदी क्लबका विच हुने भएको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा मनाङले झापालाई ४–०ले पराजित गरेको छ । विजयी टोलीका लागि म्यान अफ द म्याच घोषित ओलावालले ह्याट्रिक गरे भने सुजल श्रेष्ठले एक गोल गरे । १६ औ मिनेटमा सुबास गुरुङ्गको क्रसमा हेड गोल गर्दै ओलावालेले अग्रता दिलाएको खेलको ७१ औ मिनेटमा उनैले प्रत्याक्रमणमा गोल गरे । ७६ औ मिनेटमा सुजलले गोल गरे । इन्जुरी समयको अन्त्यमा सुजलकै पासमा ओलावालेले गोल गरे ।

Comment