जिल्लाब्यापी खुल्ला बुद्धिचाल शनिबार देखि

युथ कर्नर क्लबको ४० औं बार्षित्कोसवको उपलक्षमा युथ कर्नर क्लब काठमाण्डौ जिल्लाब्यापी खुल्ला बुद्धिचाल प्रतियोगिता शनिबार देखि हुने भएको छ ।
कामपा २१ वडा तःबहाल लगन गोफल टोलमा अवस्थित विगत ४० बर्ष देखि समाज सेवामा समर्पण क्लबले बार्षिकोत्सवको अवसरमा चेस प्रतियोगिताका साथै समाजसेवीलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक केदारेश्वरमान स्थापितले जानकारी गराए । प्रतियोगिता माघ १९ गते सम्म क्लबको प्राङ्गणमा संचालन हुनेछ ।

Comment