बुद्धिचाल खेलाडीको विदाइ

chess newse
यही जनावरी २८ देखि फेब्रुअरी ५ तारिखसम्म भारतको मुम्बईमा संचालन हुन लागेको प्रथम मुम्बई जुनियर ईन्टरनेशनल चेस प्रतियोगितामा सहभागी हुन जाने ४ सदस्सीय टोलीलाई नेपाल बुद्धिचाल संघले एक कार्यक्रमबीच बिदाई गरेको छ । सहभागी हुने खेलाडीमा यु १३ तर्फ मनिष गुरुङ, रोजन श्रेष्ठ र विजय टमटा रहेका छन् भने अफिसियलमा महाँकाल माविका प्रशिक्षक हरिकृष्ण महर्जन रहेका छन् । सहभागी खेलाडी तथा प्रशिक्षकलाई मध्यमाञ्चल खेलकुद विकास समितिका सदस्य अशोक नेपाल र नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशी लगायतले शुभकामनाका साथ विदाई गरेका हुन् ।

Comment