सगरमाथा करातेमा नेपाल च्याम्पियन

naxal karate1 saturdaye
नेपालले दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको २९ स्वर्ण मध्ये २७ स्वर्ण जित्दै नेपालले उपाधि रक्षा ग¥यो ।
तीन राष्ट्र सहभागी प्रतियोगितामा भारत र भुटानले समान १–१ स्वर्ण जिते । पुरुषमा नेपालका शिरीष श्रेष्ठ तथा महिलामा नेपालकै श्रृजना सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको अन्तिम दिन महिला ६१ केजीमा आयोजककी जस्मिन श्रेष्ठ तथा १७ केजीमा आयोजककै प्रज्ञा खपाङ्गीले नेपाललाई स्वर्ण दिलाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ४ सय ६१ खेलाडीले २९ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकका प्रमुख ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् ।

Comment