अन्तरकलेज फुटबल हुने

सानो गौचरण युथ क्लबको आयोजनामा प्रथम सानो गौचरण अन्तरकलेज नकआउट फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका सदस्य एवं प्रतियोगिता संयोजक प्रज्ज्वल क्षेत्रीले जानकारी गराए ।
विजेतालाई ३० हजार र उपविजेतालाई १८ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै विभिन्न ५ व्यक्तिगत विधाका उत्कृष्टलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिताका खेलहरु सानो गौचरणस्थित मैदानमा हुनेछ ।

Comment