अन्तर्राष्ट्रिय कराते शुक्रबारदेखि

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा करिब ४ सय ६१ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक प्रमुख एवं प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् । नक्साल डोजोको १७ औं वार्षिकोत्सवका अवसरमा हुन लागेको प्रतियोगितामा नेपाल, भारत र भुटान गरी ३ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
नेपाल सितोरियो कराते डो संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघको सहयोगमा हुने दुईदिने प्रतियोगिताका खेलहरु नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा हुनेछ । गत संस्करणमा नेपाल पहिलो, बंगलादेश दोश्रो तथा भारत तेश्रो भएका थिए ।

Comment