फुटबल क्याम्प सुरु

samagrie
स्पोर्ट्स फर द वल्र्डको आयोजनामा इलाइट फुटबल क्याम्प सुरु भएको छ । क्याम्पमा ६० प्रशिक्षार्थीको सहभागिता रहेको संयोजक सागर गिरीले जनाएका छन् । सहभागीलाई दुई समूहमा विभाजन गरी प्रशिक्षण दिइने छ ।उनीहरुलाई स्विडेनका डा ग्रोनिङ, नेपाल एपीएफ स्कुलका प्रशिक्षक सुदन भण्डारी तथा सानका यु–१३ प्रशिक्षक प्रवीण थापाले प्रशिक्षण दिने छन् ।
डानले आयोजकलाई ४ जोर बुट तथा स्विडेनको स्टेनुङसुन्डीसले तालिम सामाग्री समेत उपलब्ध गराएको संयोजक गिरीले जानकारी गराए । क्याम्प जोरपाटीस्थित इस्टपोल स्कुलमा एक सातासम्म चल्ने छ ।

Comment