अघि बढ्दै ठकुरी

ujwolle
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जि्नियामा बसोबास गर्दै आएका नेपाली मुलका उज्जवल ठकुरीलाई आइतबार भएको वर्ल्ड कप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा स्वर्ण पदक प्राप्त भएको छ ।
अर्को प्रतियोगितामा कन्टिन्यु कनटयाक १८० – १८९ तौल समुहमा भएको प्रतियोगितामा ठकुरीलाई कास्य पदक समेत प्राप्त भएको छ । वर्ल्ड कप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा ४० देखि ४५ बर्ष उमेरका खेलाडीहरुको प्रतियोगिताको प्रतिस्प्रद्धामा ठकुरीले स्वर्ण पाएका हुन् ।

ठकुरीले अहिले सम्म ७ महिनामा ११ खेल खेली ११ खेलमा नै पदक प्राप्त गरेका छन् । अहिले सम्म १० वटा राज्यमा खेल्ने धोको राखेका ठकुरीले ५ वटा राज्यहरुमा खेल खेली सकेका छन् । उनले खेलेका राज्यहरुमा भर्जि्निया ,न्युजर्सी ,वाशिंगटन डिसी ,म्यारिल्याण्ड तथा पेनसेलभानिया रहेका छन् । भर्जिनियाको रेस्टनको शेराटन होटलको भएको खेलमा भारत ,जापान ,अमेरिका ,कोरिया तथा चीनका खेलाडीको सहभागिता थियो ।

Comment