कैलालीमा रेटिङ चेस हुने

कैलाली जिल्ला बुद्धिचाल संघको अायोजनामा यही माघ २३ गते देखि २६ सम्म धनगढीमा राष्ट्रब्यापी खुल्ला रेटिङ चेस हुने भएकोछ।
कूल ८६ हजार नगद पुरस्कार रहेको प्रतियोगितामा बिजेता प्रथम हुनेलाई २५०००/ दोस्रोलाई १५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ ।स्वीस लिग प्रणालीमा अनुसार ९ चरणसम्म हुने प्रतियोगितामा उट्कृष्ट दस जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। जस अनुसार चौथोलाई ७ हजार, पाँचौलाई ५ हजार, छैटौंलाई ३ हजार, सातौलाई २ हजार र अाठौलाई २ हजार प्रदान गरिनेछ भने नवौ र दशौलाई जनहि १५ सय दिईनेछ।
त्यसैगरी यू १५ मुनिका प्रथम र दोस्रोलाई २५ सय र १५सय , छात्रतर्फ उत्कृष्टलाई २५ सय, छात्रातर्ललाई १५ सय नगद पुरस्कारको व्यवस्था गरिएकोछ।

Comment