बद्रीलाललाई उपाधि

पायोनियर चेस क्लब, कपनद्धारा आयोजित एकदिने ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणमा उनले दुई बराबरी र ५ खेल जितेका थिए । उपाधिसँगै उनले ५ हजार रुपैया हात पारे ।
क्याम्पियन काठमाण्डौ उमावि, गहनापोखरीमा संचालित खेलमा समान साढे पाँच अंक भएपनि टाईब्रेकमा काठमाण्डौ चेस क्लबका विजय डंगोल दोश्रो, फिडेमास्टर मनिष हमाल तेश्रो र थापाथली चेस पार्कका आशिष फुयाल चौथौं भए । उनीहरुल ३ हजार, २ हजार र एक हजार पाँचसय प्राप्त गरे । त्यस्तै थापाथलिकै सुमित पन्त, मखनका सुमन लामा, सुर्य बस्नेत, रिजेन्द्र राजभण्डारी, भक्तपुरका विजय जति र जगनाथ ताम्राकार क्रमशः उत्कृष्ठ पाँचौंदेखि दशौं भए ।
विजयी तथा सहभागीहरुलाई आयोजक क्लबका अध्यक्ष शंकरराज न्यौपानेले नगद तथा प्रमाण पत्र प्रदान गरे ।

Comment