काभ्या र पशुपति उपाधिनजिक

काभ्या र पशुपति प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवैको ‘ए’ टोली फाइनलमा पुग्न सफल भयो ।
चावहिलको गणेशथानमा भएको सेमिफाइनलमा काभ्याले माउन्ट कैलाशलाई २–० गोलले पराजित ग¥यो । काभ्याको जितमा दुवै गोल रवि खत्रीले गरे ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा पशुपतिले जुगललाई टाइब्रेकरमा ३–२ ले हरायो । पशुपतिका अनिल तामाङ, सौरभ खत्री र विक्रम कुँवरले गोल गरे । जुगलबाट राम तामाङ र सुशान मगरले पेनाल्टी अवसरलाई सदुपयोग गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।

Comment