सन्जय अर्को कर्तिमानको नजिक

sanjaya 1

सिड्नी ।  कहिले दुगुरेर होस वा हिमाल चढेर होस , किर्तिमानको भोग जागेका सन्जय पन्डित त्यसका लागि ज्यानको बाजी थाप्न आतुर हुन्छन । सगरमाथाको पहिलो प्रयासमा चुचुरोको केहि मिटर तल वाट खस्दा सन्जयलाई अब बाचिएला भनेर लागेको थिएन । तर फेरी उनले त्यस लगत्तै किलर माउन्टेनको नामले चर्चित मनास्लु चढेर आफुलाई लामो दुरीको धावक मात्र होइन ।  सफल आरोहीका रुपमा पनि प्रमाणित गरिछाडे । सगै सुतेका १३ जना बिदेशी आरोहीलाई लगालग हिम पहिरोले थिचेको दृष्य देखेका सन्जयलाई त्यसपछि भन्े मृत्युसँंग डरलाग्न छाडेछ । सगरमाथाको सफल आरोहणको क्रममा आफनै गाइड लोप्साड
गुमाएका सन्जयले हिमाल चढनु रहर हैन ज्यानक्रै बाजी भएको ठहर गरे । आधार सिविर मािथका ठुला हिमाल चढनु भनेको जोक हैन । जो काहीले आट नगरे हुन्छ, सन्जयको हिमाल हेर्ने दृष्टीकोण यस्तो छ । खेलकुदमा चलेको उनको नाम यतिखेर पर्यटन क्षेत्रमा पनि चर्चाको बिषय बनेको छ ।
बिश्वको सर्बोच्च शिखर सगरमाथा दुइ पटक छिचोलेका सन्जयले त्यसपछी भने दिमागमा सेभेन समिट अर्थात सातै माहादेशका सर्बोच्च शिखर चढने निर्णय लिए । त्यसपछि उनले अफ्रीकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व किर्तिमान कायम गरे । यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको आरोहणको तयारी पुरा गरेका छन । नेपाली पोशाकमा उल्टो हिडेर यो
हिमाल छिचोल्ने उनको सपना अन्तिम चरणमा आइपुगेको छ । उनले यसका लागि सात दिन सिड्ेनीको समुन्दी किनार र पार्कमा अभ्यास पुरा गरेका छन । ्सन्जयले यहि शनिबार बिहान आफ्नो आरोहण प्रारम्भ गर्ने  छन । उनको यो अभियानलाई नेपालवाट नेपाल सरकार,आइएमएस,वर्नहार्ट कलेज,टान तथा गोल्डेनगेटले सहयोग गरेका छन । किर्तिमानको भोका सन्जयलाई अस्टे«लियाको सिड्नीमा रहेको प्यासेफीक कलेज र  चर्चित कानुन व्यबशायी सम्सेरसिंह थापाले पनि सहयोग गरेका छन ।
सन्जयले प्यासेफीक कलेजको झन्डा समेत चुचुरोमा फरफराउने छन । स्वर्गद्धारी काठमाडौको चार सय पच्चीस किलोमिटरको दुरी ४७ घन्टामा पुरा गर्दा अन्तिम १८ घन्टा पानी मात्र खाएर छिचोलेका सन्जय आफुले किर्तिमानका लागि जस्तो सुकै चुनौती पार गर्न तयार रहेको बताए । यो अभियानलाई अस्ट्रेलियामा अध्यनको क्रमका बसोबास गर्दै आएका सन्चारकर्मी हेमन्त काफ्लेले संयोजन गरेको सन्जयले बताए । शुक्रबार यो अभियानका लागि प्यासेफीक कलेजका प्राचार्य प्रदिप ढकाल, कानुन ब्यवशायी शम्सेरसिंह थापा ,युवा उद्यमी पवन दाहाल ,लक्ष्मण बिमली ,पारस सुबेदी लगायतको टोली सिड्नीवाट माउन्ट कोजियस्को लाग्ने छ ।
उनको यो यात्रालाइ नेपाली राजदुतावासले समेत सहभागिता जनाउने बचनबद्धता प्रकट गरेको सन्जयले जनाएका छन् ।

Comment