निहोन सोतोकान कराते टोली भारत जाने

sotokane
छैटौं एनएसकेएफ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार भारतको दार्जिलिङ प्रस्थान गर्ने भएको छ ।जनवरी १७ तारिखमा हुने प्रतियोगितामा ९ पुरुषसहित १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा सञ्जय लामा, आशिष श्रेष्ठ, समिर लामा, वाङगेल तामाङ, सुन्दर श्रेष्ठ, फु दोर्जे तामाङ, फुर तेम्बा तामाङ, रोदन राना मगर र सोनाम थिङले भाग लिने छन् । महिलामा दीपिका कश्यपले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
टिम प्रशिक्षकमा बमबहादुर तामाङ, व्यवस्थापकमा मुना आले मगर तथा अफिसियलमा प्रकाश थापा मगर, अभय मोक्तान र चिन लामा रहेका छन् ।टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव अधिकारी र संघ अध्यक्ष जितेन्द्र मोक्तानले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

Comment