नेपालमा ट्रायथलन ट्यालेन्ट स्कुल बन्ने

triatholon2
नेपालमा ट्रायथलन ट्यालेन्ट स्कुल बन्ने भएको छ । यसका लागि नेपाल ट्रायथलन संघले गणेश प्राथमीक विद्यालयको ब्यबस्थापन कमिटी र विनायक सरस्वती निम्न माध्यमिक विद्यालय ब्यबस्थापन कमिटीसंग सम्झौता गरेको छ । अन्तराष्ट्रिय ट्रायथलन संघकी अध्यक्ष तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारियल कासाडो र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको उपश्थितीमा सम्झौता भएको हो । यी दुवै विद्यालय भक्तपुर दुवाकोटमा रहेका छन् ।
सम्झौता अनुसार अन्तराष्ट्रिय ट्रायथलन युनियनले गत १२ र २९ बैशाखमा गएको भुकम्पका कारण क्षती भएका दुवै विद्यालयको पुर्ननिमार्णमा सहयोग गर्ने छ । नेपाल ट्रायथलन संघको सल्लाहमा यो तयार हुने छ । यसका लागि युनियनले पहिलो चरणमा १० हजार ५ सय अमेरिकी डलर प्रदान गर्ने छ ।
पुर्ननिमार्ण पछि पुराना दुइ विद्यालय एकीकृत गरी श्री गणेश बिनायक सरस्वती निम्न माध्यमिक विद्यालय बनाइने छ । यसका लागि दुवै विद्यालय ब्यबस्थापन सहमत भएका छन् । ट्रायथलन ट्यालेन्ट स्कुल बनाउनका लागि ५ रोपनी जग्गा प्रदान गर्ने छ । यो स्कुलको स्वामित्व विद्यालयकै हुने छ । ट्यालेन्ट स्कुलमा छात्रबास रहने छ । देशभरीका खेलाडी छनोट गरी छात्रबासमा राखिने छ भने गणेश विनायक सरस्वती निम्न माध्यमिक विद्यालयमा पढाइने छ । होस्टेल सहमतीमा विद्यालयले पनि प्रयोग गर्न सक्ने छ । साथै स्कुल संघसंगको सहमतीमा बोर्डीग स्कुलमा रुपान्तरण हुदै होस्टलको प्रयोग गर्न सकिने छ । संघका महासचिव विद्यालय बोर्डमा रहने छन् । दुइ पक्षको सहमतीम भबीश्यमा आबस्यक बुदाँमा परिवर्तन गर्न सकिने पनि जनाइएको छ ।
सम्झौता पत्रमा गणेश प्राथमिक विद्यालयका तर्फबाट विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष गणेश प्रसाद प्रधान, विनायक सरस्वती निम्न माध्यमिक विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष नर बहादुर थापा, योजनाका संयोजक राम प्रसाद न्यौपाने र नेपाल ट्रायथलन संघका अध्यक्ष गणेश मान पुनले हस्ताक्षर गरे ।

Comment