कर्णसिं सोनाम ताप्लेजुङको शानदार जीत

pachthar photo1

फिदिममा जारी सातौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी भएकोे छ । सोमबार सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा बिर्तामोड युनाइटेड झापा बिरुद्धको खेलमा २–१ गोलको कठिन नतिजा निकाल्दै कर्णसिं सोनाम ताप्लेजुङ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
उतराद्र्धको नवौं मिनेटमा ताप्लेजुङका सुसन लामाले बललाई सिधा हेण्ड गरेपछि रातो कार्ड पाएका थिए । खेलमा सातौं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट झापाले अग्रता लिएको थियो । ताप्लेजुङको टोलीका लागि दोस्रो हाफको ३१ औं मिनेटमा सेगुन इथियुले गोल गरे ।
निर्धारित समय १–१ को बराबरीमा सकिए पछि थपिएको अतिरिक्त समयको अन्त्यतिर पाएको फ्रि किकलाई रोजन धिमालले गोलमा परिणत गर्दै ताप्लेजुङलाई जीत दिलाए । पटक –पटक पाएको राम्रो मौकालाई गोलमा परिणत गर्न नसक्दा झापाले हार ब्यहोर्नु प¥यो । झापाको लागि दोस्रो हाफको खेल सुरु भएपछि घाइते भएर मैदानबाट बाहिरिएका स्ट्राइकर कर्ण लिम्बूको अभाव खेल अवधिभरी भइरह्यो ।
सोमबार सम्पन्न खेलको म्यान अफ् द म्याच कर्णसिं सोनाम ताप्लेजुङका रोजन धिमाल भए । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल मंगलबार चर्च ब्वाइज युनाइटेड क्लव काठमाण्डौं र एपिएफ पूर्वाञ्चलबीच हुने आयोजक फिदिम स्पपोर्टिङ क्लवले जनाएको छ ।

Comment