हेरिटेज र त्रिकोन क्वाटरफाइनलमा

फाइल तस्बिर
फाइल तस्बिर

हेरिटेज र त्रिकोन प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।हेरिटेजले हर्टल्यान्डलाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । त्रिकोनले आई लेन्स ‘ए’ लाई ३–१ ले हरायो । त्रिकोनका गणेश थापा मगर, प्रदीप तामाङ र निरन खड्काले गोल गरे ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा रिम्स, पशुपति ‘बी’, साइनिङ प्याराडाइस, काभ्या ‘ए’ तथा तारा सदन पनि क्वाटरफाइनलमा पुगे ।रिम्सले बाल विकासलाई ३–१ गोलले पाखा लगायो । रिम्सका सुमन तामाङले २ तथा राजु गोलेले १ गोल गरे । बाल विकासका सुवास तामाङले सान्त्वना गोल गरे । पशुपति ‘बी’ ले आइ लेन्स ‘बी’ लाई २–१ गोलले पन्छायो । पशुपतिका अनिल सुनारले दुवै गोल गरे । आइ लेन्सका रवि मगरले १ गोल फर्काए ।
समुन्द्र श्रेष्ठको निर्णायक गोल मद्दतमा काभ्या ‘ए’ ले बाल मन्दिरलाई ३–१ गोलले निराश पा¥यो । काभ्याका सञ्जय खत्रीले ह्याट्रिक गरे । बाल मन्दिरका सागर थापाले १ गोल गरे । तारा सदनले काभ्या ‘बी’ चुनौती १–० गोलले समाप्त पा¥यो । ताराका अम्बर लामाले निर्णायक गोल गरे ।

Comment