दक्षिण एसिायली उसु उपाध्यक्षमा तामाङ

नेपाल उसु संघकाbir bahadur tamange सह–अध्यक्ष वीरबहादुर तामाङ दक्षिण एसियाली उसु महासंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भारतको दिल्लीमा भएको दक्षिण एसियाली उसु महासंघको अधिवेशनले तामाङलाई निर्विरोध निर्वाचित गरेको नेपाल उसु संघका उपाध्यक्ष दीपक लामाले जनाएका छन् । त्यस्तै उसु मुख्य प्रशिक्षक प्रनीलध्वज कार्की पनि दक्षिण एसियाली उसु महासंघअन्तर्गत प्राविधिक समितिको प्रमुखमा निर्विरोध निर्वाचित भएको उसु संघले जनाएको छ । यसअघि पनि कार्की सोही जिम्मेवारीमा थिए ।

Comment