प्रशिक्षणका लागि बक्सिङ टोली बैंकक जाँदै

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली बक्सिङ टोली बुधबार थाइल्यान्डको बैंकक जाँदैछ । १० खेलाडीसहित १४ सदस्यीय टोली बैंकक जाँदै छन् ।boxing teameपुरुषको ४९ केजीमा तेजबहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६० केजीमा दानबहादुर दर्लामी, ६४ केजीमा दीपक श्रेष्ठ, ६९ केजीमा विकास बल लामा र ७५ केजीमा दीपेश लामा रहेका छन् । महिलाको ४८–५१ केजीमा मीनु गुरुङ, ५७–६० केजीमा सरस्वती राना मगर तथा ६९–७५ केजीमा संगीता सुनार छन् ।
बक्सिङ टोली पोखरामा एक हप्ताको प्रशिक्षणपछि बैंकक जान लागेको हो । फेब्रुअरी ४ तारिखमा टोली नेपाल फर्कने नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठले जनाएका छन् ।टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित एनओसी मुख्यालयमा मंगलबार बिदाइ गरे ।
पुरुषतर्फ सागको बक्सिङमा नेपालले पहिलो संस्करणदेखि नै नियमिति रुपमा सहभागी जनाउदै आएको छ । त्यो अवधिको विभिन्न चार संस्करणमा अन्य पदक बाहेक बक्सिङले ६ स्वर्ण पदक जितेको छ । महिला बक्सिङ सागकै इतिहासमा पहिलो पटक समावेश गरिएको हो ।

Comment