थापाद्वारा खेल सामाग्री प्रदान

sundar samane
पूर्व फुटबलर सुन्दर थापाले धादिङको विभिन्न विद्यालय र क्लबलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेका छन् । धादिङका ६ विद्यालयर १क्लबलाईफुटबल २ थान, भलिबल ३ थान, भलिबल नेट १ थान, चेस १२ थान तथा लुडो १२ थानका दरले खेल सामाग्री प्रदान गरिएको थापाले जनाएका छन् ।
थापाका अनुसार त्रिपुरा सुन्दरी उमावि, अन्नपूर्ण मावि, बालदेवी मावि, धुसेनी निमावि, भण्डली निमावि, एकता क्लब तथा जनकल्याण बोर्डिङ स्कुललाई खेल सामाग्री दिइएको हो । थापाले सम्बन्धित विद्यालय र क्लबका प्रतिनिधिलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । कार्यक्रमको प्रमुख अतिथि एकल महिला समूहकी अध्यक्ष कल्पना अधिकारी थिइन् ।

Comment