संजय सम्मानित

sanjaya1e उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कीर्तिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख रुपैया सहित सम्मान गरेका छन् | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई केहि दिन अगाडी उहाले उक्त झन्डा आरोहणमा फरफराउन प्रदान गरेका थिए |
 पण्डितले नेपाली पोशाक दौरा सुरुवाल ,भादगाउले टोपी लगाएर आधार सिबिर मरान्गु देखि अफ्रिकाकाको सर्बोच्च शिखर सम्म उल्टो हिडेर पुगेका थिए | पण्डितलाई सम्माननीए रास्ट्रपति बिध्या देबी भण्डारी तथा प्रधामन्त्री के पी शर्मा ओलीले सम्मान तथा बधाई ज्ञापन गरि सकेका छन् |पण्डित नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिश्व पर्वतारोहि हुन् | पण्डितले सगरमाथा ,प्राण घातक हिमाल मनास्लु ,जापानको फुजी ,युरोप ,अमेरिका लगायत महादेशका हिमाल आरोहण गरिसकेका छन् | पण्डितले गत वर्ष अस्ट्रेलियाको सर्बोच्च शिखर पनि उल्टो हिडेर आरोहण गरिसकेका छन् | 
Comment