न्युटन विजयी

????????????????????????????????????
न्युटनले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । न्युटनले मान्डोलाई १–० गोलले पराजित ग¥यो । अविनाश घलेले निर्णायक गोल गरे ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा माउन्ट कैलाश बोर्डिङ स्कुल, पशुपति ‘बी’ र प्रोलिफिक विजयी भए ।
माउन्ट कैलाशले अल्केमिस्ट एकेडेमीलाई ६–३ गोलले हरायो । विजेताका मिङमार टासीले ५ गोल गरे भने कर्मा छिरिङको नाममा १ गोल रह्यो । अल्केमिस्टका सुजन चन्द, सोनाम तामाङ र करण तामाङले १–१ गोल गरे । पशुपतिले ओपललाई ५–१ गोलले पाखा लगायो । पशुपतिका अनिल गुरुङले ४ तथा गणेश श्रेष्ठले १ गोल गरे ।नोब्स विरुद्धको खेलमा प्रोलिफिक ७–० गोलले विजयी भयो । प्रोलिफिकका श्रीकृष्ण श्रेष्ठले ४ तथा किरण चौधरी, खेम गुरुङ र सुरज भण्डारीले १–१ गोल गरे ।

Comment