टेनिस टोली बैंकक जाने

आईटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ डिभिजन– २ मा भाग लिन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।जनवरी १० देखि १७ तारिखसम्म हुने तालिममा महिलातर्फ अभिलाषा विष्ट, प्रेरणा कोइराला र इरा रावत सहभागी हुने छन् ।tennis1पुरुषमा सम्यकभूषण वज्राचार्य, सहर्ष बर्दान बी चन्द र अदित सुवेदीले भाग लिने छन् । तालिमपछि बैंककमै हुने प्रतियोगितामा यि ६ खेलाडीले प्रतिस्पर्धा पनि गर्ने छन् । प्रतियोगिता जनवरी १८ देखि ३० तारिखसम्म चल्ने छ ।
प्रशिक्षकमा राजेश परियार तथा अफिसियलमा अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्ट रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटो टेनिस कम्प्लेक्समा आइतबार बिदाइ गरिन् ।

Comment