साइपाल कप शनिबारदेखि

saipale
साइपाल एकेडेमीको आयोजनामा प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजक साइपालका प्रिन्सिपल सुमन नगरकोटीले जनाएका छन् । प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथानमा हुने छ ।
प्रतियोगतामा चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोग रहने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी गराए । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल अर्को शनिबार हुने छ ।उद्घाटन खेल आइडियल इङलिस उमावि ‘ए’ पाथिभाराबीच हुने छ ।उक्त खेलसहित पहिलो दिन ५ खेल हुने छन् । साइपालले बास्केटबल प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ ।

Comment