राजीवको उत्कृष्टताको सामान्य राज

rajib11
नेपाली खेलकुद आफैमा विविधताको क्षेत्र । कोही हल्लीखल्लीमा जिन्दगी विताउनेको अखडा पनि हुन सक्छ, यो क्षेत्र । थुप्रै अनुहारको दिनभरीको चर्तीकला हेर्दा राज्यको सम्पत्ती त्यत्तिकै खेर गएको प्रस्ट देखिन्छ । त्यसै दशरथ रंगशालामा भेटिने विविध अनुहार मध्य कोही यस्ता छन्, जसको ध्येय एउटै मात्र हुन्छ, च्याम्पियन बन्ने । चाहे खेलाडीको रुपमा या प्रशिक्षकको रुपमा । दुवै स्वरुपमा च्याम्पियन हुने बिरलै ब्यक्ति छन्, नेपाली खेलकुदमा । यस क्रममा एउटा शालीन ब्यक्ति राजीव मर्हजन , जसको ध्येय च्याम्पियन बन्नेमा मात्र रह्यो । खेलाडीको रुपमा पूर्व राष्ट्रिय च्याम्पियन खेलाडी जिवन छाडेको केही समय पछि नै च्याम्पियन प्रशिक्षक बने । चार बर्षे नेपाल आर्मी क्लबमा उनले बगाएको पसिनाको रुप हालै सम्पन्न १२ औ साग छनोटमा देखियो । जहाँ आर्मी क्लबका आठ जना खेलाडी राष्ट्रिय टोलीमा प्रबेश पाए । बरिष्ठताको आधारमा राज्यको सुबीा उपयोग गर्ने नेपाली खेलकुदममा यी भोलन्टीयर प्रशिक्षकले उत्कृष्टता पुष्टि गरे पछि नया बहसको आबस्यकता निम्तीएको छ । के खेलकुदमा बरिष्ठता मात्र हेरिन्छ? की क्षमता पनि । राजवीकै अनुसार नेपाली युवा माझ आशाको केन्द्र बनेका बिसाल सिन्जालीको उदयमा युवराज गुरुङ्गको देन छ । तर, महत्वपूर्ण सत्य के हो भने अहिले बिसाल जस्ता आशा गरिएका युवाहरु दिनहु राजीवको निगरानीमा छन् ।
खेलाडीको रुपमा ६ बर्ष राजीव उच्च फर्ममा रहे । सन् १९९७ मा भएको इन्डो नेपाल किक बक्सीङ्गका स्वर्ण विजेता उनी सन् २००३ मा इन्डो नेपाल किक बक्सीङ्गको पनि स्वर्ण पदक विजेता बने । सन् २००३ मै भारतमा भएको दक्षिण एसियाली उसु च्याम्पियनसीपमा रजत पदक जित्न सफल भए । सन् २००७ मा चिनमा भएको नवौ बिश्व उसु च्याम्पियनसीपमा उनल नेपालको प्रतिनिधीत्व गरेका थिए । सन् २००८ मा ढाकामा भएको दक्षिण एसियाली उसु च्याम्पियनसीपमा पनि उनी दोस्रो भए । टर्कीको ११ औ बिश्व उसु च्याम्पियनसीपमा सहभागिता जनाएका उनले प्रसासनीक रुपमा आफूलाई ढाले पनि सन् २०१४ मा कोरियामा भएको एसियाली उसु महासंघको साधारण सभामा नेपालको प्रतिनिधत्व गरेका थिए । सन् २००९ मा प्रशिक्षक र रेफ्रि कोर्ष पुरा गरे पछि उनको यी दुवै क्षेत्रमा पनि उत्तिकै सक्रियता रहेको हो ।
राष्ट्रिय तहमा पाचौ राष्ट्रिय खेलकुदमा बेस्ट पर्फमर उनी सन् पाचौ र छैटौ राष्ट्रिय च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका थिए । सन् २०१२ देखि नेपाली आर्मीमा आबद्ध राजीव राखेपमा करार प्रशिक्षक हुन् । आसन्न सागको सवालमा एउटा प्रश्न उठेको छ, अब हेर्ने दक्षता की बरिष्ठता । यो प्रश्नको एउटा कारक ब्यक्ति बनेर उभीएका छन्, राजीव । अहिले पनि सफलताको एउटा राज उनी बताउछन्, “ काममा लगनशील । लक्ष्यमा प्रतिबद्ध˝ ।

Comment