कसाडोको स्वागत

kasadoe
नेपाल ट्रायथलन संघले अन्तर्राष्ट्रिय ट्रायथलन महासंघकी अध्यक्ष मारिसोल कासाडोको सम्मानमा स्वागत कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रमका दौरान युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, ट्रायथलन संघका अध्यक्ष गणेशमान पुन र महासचिव निलेन्द्रराज श्रेष्ठले कासाडोलाई मायाको चिनो प्रदान गरेका थिए । कासाडो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य पनि हुन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राखेप सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटीका सदस्यहरु, तीन वटै सुरक्षा निकायका प्रमुखहरु, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

 

Comment