काठमाडौ चेसमा अमृत

amrite

काठमाडौ  जिल्ला बुद्धिचाल संघको चौथो साधारणसभाले अमृतचन्द्र श्रेष्ठको अध्यक्षतामा  ९सदस्यीय काठमाडौ जिल्लाबुद्धिचाल  संघको कार्यसमिति निर्वाचित  गरेको छ।केन्द्रीय प्रतिनिधि संघका महासचिव एकालाल श्रेष्ठ र काठमाडौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानेको रोहवरमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा सविन महर्जन  र सबिन मुनिकार ,सचिवमा नारायण श्रेष्ठ र ईमरान खान  कोषाध्यक्षमा चयन भए ।
त्यसैगरी सदस्यहरुमा रजला जोशी, अमित तामाङ , रत्न महर्जनर  हिक्मत दाहाल रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले निर्वाचित कार्यसमितिका पदाधिकारी लाई प्रमाणपत्र प्रदान गरे ।

Comment