पदकविजेता टेनिस टोली फर्कियो

tennise
एसियाली जुनियर टेनिस टिमकपमा कांस्य जितेको २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।कतारको दोहामा डिसेम्बर २३ देखि २९ तारिखसम्म भएको प्रतियोगितामा संरक्षण भूषणवज्राचार्य र प्रणव खनालले प्रतिस्पर्धा गरेकाथिए । उनीहरुले दुई सिंगल्स र एक डबल्समा प्रतिस्पर्धा गरेकाथिए । प्रतियोगितामा आयोजक कतारको दुई सहित सात राष्ट्रका ८ टिम सहभागी थिए ।
समूह ‘बी’को लिग खेलमा नेपालले जोर्डनलाई २–१ तथाकतार ‘बी’लाई ३–० ले हराउदै समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह ‘बी’ कै लिग खेलमा नेपाल भारतसंग ३–० ले पछि परेको थियो । सेमिफाइनलमा नेपाल हङकङसंग ३–० ले चुकेको थियो । त्यसपछि तेश्रो स्थानकालागि भएको खेलमा नेपालले कतार ‘ए’लाई २–१ ले पाखा लगाउदै कांस्य पक्का गरेको टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएकाछन् । हङकङ पहिलो र भारत दोश्रो भए ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघका पदाधिकारी, खेलाडीका  अभिभावक, प्रशिक्षक लगायतले त्रिभूवनअन्तर्राष्ट्रियविमानस्थलमा स्वागत गरेकाथिए ।दोहामै भएको गत संस्करणमा पनि नेपालले कांस्य जितेको थियो ।त्यसबेला संरक्षक र प्रणवसहित सम्यक भूषणवज्राचार्य र रेन्जन लामा पनि टोलीका सदस्यथिए । प्रशिक्षकमा सूर्यभूषण नै थिए ।

Comment