एसियाली जुनियर टेनिसमा नेपाल तेस्रो

samrachyake
नेपालले एसियाली जुनियर टेनिस प्रतियोगिताको यु–१४ स्पर्धामा तेस्रो स्थान पाएको छ ।  सोमबार राती कतारमा  भएको खेलमा कतारएलाई २–१ले पराजित ग¥यो । टोलीका प्रशिक्षक सुर्य भुषण बज्राचार्यले खेल अत्यन्त कठिन रहेको र समय समयमा योजना परिवर्तन गर्नु परेको प्रतिक्रिया दिए । पहिलो सेटमा ६–० ले विजयी संरक्षक दोस्रो सेटमा १–४ ले पछि परे पनि कमब्याक गर्दै ७–६ले जिते । प्रनब भने ६–४,६–२ ले पराजित भए । युगलमा नेपाली जोडी ६–०,६–२ ले विजयी भयो । कतारमा गत एक बर्ष देखि तीन जना स्पेनिस प्रशिक्षक रहदै आएका छन् । कतारमा खेल हेर्न आएका नेपालीहरुले पनि जितको खुसीयाली मनाएका छन् ।
नेपालले प्रतियोगितामा लागातार दुइ सस्करणमा तेस्रो स्थान हात पारेको हो । पहिलो चरणमा नेपाल भारतसंग पराति भएको थियो भने दोस्रो खेलमा कतारबीलाई हराउदै सेमिफाइनल प्रबेश गरेको थियो । सेमिफाइनलमा नेपाल हङ्गकङ्गसंग पराजित भएको थियो ।
नेपाली टोलीमा यस पटक सरंक्षक भुषण बज्राचार्य  र प्रनब खनालले प्रतिस्पर्धा गरेका थिए । गत सस्करणमा यी दुइमो साथमा सम्यक भुषण बज्राचार्य र रेन्जन लामा पनि टोलीमा थिए ।

Comment