टेनिसमा नेपाल सेमिफाइनलमा पराजित

tennis pranabe
कतारमा जारी एसियाली जुनियर टेनिस प्रतियोगितामा नेपाल सेमिफाइनलमा पराजित भएको छ । सेमिफाइनलमा नेपाल आइतबार शनीबार भएको खेलमा हङ्गकङ्गसंग ३–० ले पराजित भएको हो । आठ टोली समाबेश प्रतियोगिताको तेस्रो स्थानका लागि हुने खेलमा सोमबार कतारएकोे सामना गर्ने छ । लीगकम नकआउटको आधारमा जारी प्रतियोगिताको पहिलो चरणमा नेपालले यस अघि जोर्डनलाई पराजित गरेको थियो भने भारतसंग पराजित भएको थियो ।
गत सस्करणमा नेपालले तेस्रो स्थान पाउदा पनि संरक्षक र प्रनब टोलीमा समाबेश थिए । सो समयमा रेन्जन लामा र सम्यक भुषण बज्राचार्य पनि टोलीमा थिए ।

 

Comment