माबुनीप्रति श्रद्धाञ्जली

dawae
विश्व सितोरियो कराते महासंघका संस्थापक ग्रान्ड मास्टर केन इ माबुनीको निधन भएको सातौं दिनको पूण्यतिथिमा दावा गुरुङ अध्यक्ष रहेको नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघले शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । माबुनीको ९७ वर्षको उमेरमा जापानमा निधन भएको थियो ।
स्वयम्भूमा भएको कार्यमा १००८ दीप प्रज्ज्वलन गर्नुका साथै स्व. माबुनीको तस्वीरमा पुष्पगुच्छा, फुलमाला र खादा लगाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यस्तै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण पनि गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष गुरुङसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं कराते संस्थापक युवराज लामा, राखेप सदस्य अस्मिता गुरुङ, आठौं र नवौं सागका स्वर्णधारी दीपक श्रेष्ठ, ११ औं सागका स्वर्णधारी विनोद शाक्य, कराते महासंघका सचिव ओमकृष्ण प्रसाईं, सितोरियो कराते संघका सचिव ईश्वर थापा, सदस्य रामकुमार थारु, इन्द्र वज्राचार्य, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

 

Comment