नेपालले बल पोसेसनमा ध्यान दिने

football traininge
नेपाली फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजुम्सले भारतसंग आइतबार हुने साफ सुजुकी च्याम्पियनसीप फुटबल प्रतियोगिताको खेलमा  बल पोसेसनमा ध्यान दिने बताएका छन् । अजुम्सले सञ्चारकर्मीसंग कुरा गर्दै भारतले क्रसमा ध्यान दिने सम्भावना रहेको बताउदै नेपाली खेलाडी त्यसमा सतर्क हुने बताएका छन् । श्रीलंकासंग पराजित भए पछि नेपालका लागि भारतसंग जित आबस्यक रहेको छ ।
नेपाल र भारतविच सन् २०१३ मा भएको खेलमा नेपाल विजयी भएको थियो । त्यस पछि यी दुइ देशविच चार पटक भेट भएकोमा दुइमा भारत विजयी भएको थियो भने दुइमा बराबरी भएको थियो ।

Comment