प्रशान्त र दिपेश फाइनलमा

tennis fridaye
प्रशान्त बस्नेत र दिपेश केसी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रशान्तले सम्यकभूषण वज्राचार्यलाई ६–४ र ६–३ तथा दिपेशले सहर्ष बीबी चन्दलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अदित सुवेदी यु–९ ब्वाइज सिंगल्स च्याम्पियन बने । उनले फाइनलमा आरभसम्राट हाडालाई ८–३ ले हराए ।
यु–१० ब्वाइज सिंगल्समा भने आरभ उपाधि चुम्न सफल भए । आरभले उपाधि भिडन्तमा अकी जुवेन रावतको चुनौती ९–७ ले समाप्त पारे । यु–१४ गल्र्स सिंगल्सको उपाधि इरा रावतले जितिन् । फाइनलमा इराले अभिलाषा विष्टलाई ६–४ र ६–१ ले हराइन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यु–१८ ब्वाइज र गल्र्स तथा यु–१४ ब्वाइज सिंगल्सको फाइनल खेल हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको छ । ५८ हजारको छुट्टै गिफ्ट ह्याम्परको पनि व्यवस्था छ ।

Comment