आइडियल कप अन्तरकलेज फुटबल शुक्रबारदेखि

ideal cupe
आइडियल इङलिस उमाविको आयोजनामा प्रथम आइडियल कप अन्तरकलेज सिक्स ए साइड छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा १६ टिमको सहभागिता रहने आइडियलका निर्देशक पूर्ण लामाले जानकारी गराए । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई पनि पुरस्कृत गरिने छ ।
आइडियलका प्रबन्ध प्रमुख नारायणबहादुर थापा र फुटबल प्रशिक्षक मजेश शाक्यले प्रतियोगिताको विविध पक्षबारे जानकारी गराएका थिए ।नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथान चौरमा हुनेछ । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल पुस १४ गते हुनेछ ।
पहिलो दिन आइडियल र काठमाडौं युनिफाइड सिटीकलेज, जय मल्टिपल कलेज र पेन्टागन, साइपाल एकेडेमी ‘बी’ र एस तथा टाइम्स र नासा इन्टरनेसनल कलेजबीच खेल हुनेछ ।
 

Comment