मायाँका र माहिका फाइनलमा

tennise
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
गल्र्स डबल्समै अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेको जोडीले खुशी पाण्डे र प्रेरणा कोइरालाको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । विजेता जोडीले सेमिफाइनलमा अभिलाषा विष्ट र इरा रावतको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा रेन्जन लामा र सक्षम कार्कीको जोडीले सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडीलाई ६–१ र ६–४ तथा अदित सुवेदी र सहर्ष चन्दको जोडीले सोहन खड्का र प्रमोद बुढाथोकीको जोडीलाई ७–६ र ६–० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१४ ब्वाइज सिंगल्समा सोहन खड्का र रोहन चौधरी प्रिक्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा इरा रावत, इशाश्री शाह, प्रेरणा कोइराला र अभिलाषा विष्ट सेमिफाइनलमा पुगे ।यु–१८ ब्वाइज सिंगल्समा सक्षम कार्की, रेन्जन लामा, विवेक श्रेष्ठ र एन्थनी राईले सेमिफाइनल यात्रा तय गरे ।
यु–९ ब्वाइज सिंगल्समा आदित्य सुवेदी, प्रणव मानन्धर, आयुश्मान घले, रिजन श्रेष्ठ, अकी जुवेन रावत, प्रसिद्ध बस्नेत, मन्थन जोशी र आरभसम्राट हाडा क्वाटफाइनलमा प्रवेश गरेका छन् । यु–१० ब्वाइज सिंगल्समा आदित्य सुवेदी, सहर्ष पराजुली, चिराग तिमल्सिना, आरभसम्राट हाडा, रिजन श्रेष्ठ, सक्षत शाही, आदित्य अग्रवाल र अकी जुवेन रावतले क्वाटरफाइनल यात्रा तय गरे । त्यस स्पर्धाको गल्र्समा इशाश्री शाह, शिवाङ्गीलक्ष्मी शाह, मन्दिरा आले मगर र रायना शाह सेमिफाइनलमा पुगे ।
प्रतियोगिताको अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबारसम्म चल्ने प्रतियोगितामा १ सय १ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितको कुल नगद पुरस्कार राशी २ लाख ४८ हजार रुपैयाँ रहेको छ । त्यसबाहेक ५२ हजारको गिफ्ट ह्याम्परको पनि व्यस्था छ ।

Comment