सञ्जयको सफलता

sanjayaनेपाली कीर्तिमानी बिश्व पर्वतारोही एबम धाबक संजय पण्डितले अफ्रिकाको सर्बोच्च शिखर  किलिमंजरोमा अर्को कीर्तिमान राखेका छन् | पण्डितले चर्चित मरान्गु रुटबाट यात्रा थालेर सर्बोच्च शिखर सम्म उल्टो हिडेर ४ दिन सम्म  २५ घण्टा ४० मिनेटमा पार गर्दै  सुक्रबार उक्त कृतिमान राखेका हुन् | बिश्वकै एक मात्र स्वतन्त्र ज्वालामुखी पर्बत किलिमंजरोमा यो भन्दा आगाडी कुनै पर्वतारोहीले यस्तो प्रकारको कृतिमान राखेको थिएन | सात महादेशका सातै पर्बत आरोहणको तयारीमा रहेका सगरमाथा आरोही पण्डितले गत वर्ष किलिमंजरोमा मन्डरा क्याम्प बाट सुरु गरि शिखर सम्म ६ घण्टा १३ मिनेटमा पार गर्दै दक्षिण एशियाकै तीब्र गतिको आरोहि रुपमा कृतिमान गरेका थिए |उनले आरोहण अबधि भर  नेपाली पोशाक ढाका टोपी दौरा सुरुवाल लगाएर सिखरमा राष्ट्रिय गित गाउदै शिखरमा राष्ट्रिय झन्डा फर्फराएका थिए |एशिया ,अफ्रीका ,अस्ट्रेलिया लगाएतका शिखरहरु को आरोहण सम्पन्न गरिसकेका पण्डितको अबको गन्तब्य अन्ट्राटिकाको विन्सोंन मशिफ रहेको छ | उनलाई तान्जानिया राष्ट्रिय निकुन्जकि पार्क वार्डेन इभा इ मालीयाले उक्त कृतिमानी प्रमाण पत्र हस्तारन्त्रण गरेकी थिइन| पण्डितले गत वर्ष  अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्को पनि उल्टो हिडेर आधार सिबिर  थ्रेडबो   सिबिर देखि शिखर सम्म सफल आरोहण गरेका थिए | पण्डितलाई गत साता प्रधान मन्त्रि के पी शर्मा ओलीले रास्ट्रिय झन्डा दिएर किलिमन्जारो आरोहणको सफल कामना गर्नु भएको थियो |उनि नेपालका पहिलो उल्टो हिडेर  हिमाल चड्ने बिश्व पर्वतारोही हुन् | भारतीय नाकाबन्दीको बिरोध र भुकुम्पमा मारिएका दशौ हजार नेपाली प्रति यो आरोहण समपर्ण गरिएको उनले तन्ज़िनियाबाट हामीलाई वताए |उनले भने उल्टो आरोहणको अनुभब  निकै गार्हो र सकसपूर्ण  भएपनि कृतिमानको लागि सबै कुरा भुलेको छु ,मलाई लाग्छ यो संसार भरका सात महादेशका सात पर्बत  आरोहीहरुको लागि एउटा खुशी र हिमालमाथि अनौठो जित भएको उनले बताएका छन् | उनलाई अफ्रिकाका चर्चित पर्बतोरोही चाचा र बेनले साथ दिएका थिए |

Comment